रविले चार नयाँ मन्त्रीको लिष्ट बालेनलाई बुझाए

असल शासन प्रतिनिधि

काठमाडौँ/ बालेन शाह नेतृत्वको शक्तिसाली सरकारको १०० दिन पुरा भएको छ ।

प्रधानमन्त्री बालेन शाहले १०० दिनमा सय कार्यसुची पुरा गर्नुपर्ने कामको सूची मन्त्रीहरुको हातमा दिएका थिए । तर, १०० काममध्ये ४० काम पनि पुरा हुन सकेनन् ।

१०० दिनको मिसन पुरा नहुनुमा केही त्यस्ता मन्त्री छन्, जुनमन्त्रीले सिंहदबारको एसी कोठा र भिआइपीको सुविधा मात्रै लिए । तर, काम भने एक रति देखाउन सकेनन् ।

बालेन क्याबिनेटका १६ जना मन्त्रीमध्ये स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी, उद्योगमन्त्री गौरीकुमारी यादव, सूचना तथा सञ्चारमा विक्रम तिमिल्सिना, महिला तथा बालबालिकामन्त्री सीता वादी लगायतको कार्यसम्पादन निकै कमजोर देखिएको छ ।

यसैबीच उनिहरुलाई विदा गरेर चाँडोभन्दा चाडो काम देखाउने गरि नयाँ मन्त्री नियुक्त गर्नेबारे पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच सहमति भइसकेको बुझिएको छ ।

नयाँ मन्त्रीहरुका लागि कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, रञ्जु दर्शना र समिक्षा बास्कोटाको नाम रविले बालेनलाई बुझाएका छन् ।

महामन्त्रीबाट उम्मेवारी फिर्ता लिएका बुर्लाकोटीलाई मन्त्री बनाउने रविले बचन दिएको स्रोतको दाबी छ । त्यस्तै अलग खेमाबाट रास्वपामा आएका रञ्जु दर्शना र समिक्षा बास्कोटालाई मन्त्री मन्त्री बनाएपछि सन्तुलन मिल्ने रविको निश्कर्ष छ ।

नयाँ चार मन्त्री क कसलाई बनाउदा उपयुक्त होला ? तपाईहरुको प्रतिक्रिया कमेन्टमा ।

  • २३ असार २०८३, मंगलवार प्रकाशित

  • Nabintech