गणेशको नेपालीको निधन

असल शासन प्रतिनिधि

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।

मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो । शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेका कारण उनको अवस्था अस्पताल ल्याइएकै समयदेखि अत्यन्त गम्भीर थियो । उहाँको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो । आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले इनहेलेसन इन्जुरी पनि भएको थियो, सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

अस्पतालका अनुसार, उपचारका क्रममा दुई पटक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गर्नुपर्यो । अस्पतालले केही समयका लागि पुनः जीवनचिह्न फर्काउन सफल भयो तर दोस्रो पटकको सीपीआरपछि पनि अवस्था सुधार हुन सकेन । त्यसपछि अस्पतालले बिहान ११ बजेर १९ मिनेटमा मृत घोषणा गरेको छ ।

गणेशले बिहीबार दिउँसो राहदानी विभाग अगाडिको सडकमा आफ्नो मोटरसाइकल पार्क गरेपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याईएको थियो ।

  • २६ असार २०८३, शुक्रबार प्रकाशित

  • Nabintech