सल्यान। शारदा नगरपालिका सल्यानले चालु आर्थिक बर्ष २०८२/०८३ को पालिका स्तरीय सार्वजनिक सुनुवाई वडा नम्बर ६ को बरला बजारमा सम्पन्न गरेको छ ।
शारदा नगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सुनुवाईमा शारदा नगरपालिकाले चालु आर्थिक बर्षमा गरेका कामहरुको प्रगति तथा मुख्य उपलब्धीहरु सार्वजनिकीकरण गरिएको थियो भने सुनुवाईमा सरोकारवाला र सहभागि बिच दोहोरो प्रस्नोत्तरमा आएका प्रश्न, गुनासाहरुको सम्बोधन सुनुवाईका प्रमुख जवाफदेहि बक्ता नगर प्रमुख प्रकाश भण्डारीले गरेका थिए ।

सार्वजनिक सुनुवाईमा शारदा नगरपालिकाको समग्र विकास निर्माणको अवस्था, योजना तथा कार्यक्रमकको प्रभावकारीताका बिषयमा सहभागि र सरोकारवाला बिच छलफल भएको थियो । यसरी भएको छलफल पश्चात चार बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा शारदा नगरपालिका वडा नम्बर ६ को कार्यालय भवन तथा स्वास्थ्य केन्द्र भवन ब्यवस्थापन गर्र्नेे, पालिका भित्र सञ्चालीत लिफ्ट खानेपानी आयोजनाको कामलाई थप ब्यवस्थित गर्न पालिका तहबाट आवश्यक पहल गर्ने, शारदा नगरपालिका ५ मदनकाँडामा पोलको समस्या समाधानका लागि यथासक्य पहल गर्ने प्रतिबद्धता गरिएको छ । सुनुवाईमा सहभागि नगरबासिहरुले पालिकाभित्र वातावरण तथा हरियाली प्रबद्र्धन, सरसफाई, पूर्वाधार विकास र क्षमता अभिबृद्धीमा राम्रो काम भइरहेकोमा खुसी ब्यक्त गरेका थिए । 
बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको सुनुवाईमा पालिकाले चालु आर्थिक बर्षमा गरेका क्रियाकलापहरुको प्रगति तथा मुल्य उपलब्धीका बारेमा जानकारी प्रमुख प्रशासकिय अधिकृत हरि चन्द्र बुढाले गरेका थिए ।
सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदन पत्र तथा बर्हिगमन अभिमत पत्रको नतिजा घोषणा बास नेपालका जनसम्पर्क अधिकृत माधब कुमार कार्कीले गरेका थिए । सुनुवाईमा नगर प्रमुख प्रकाश भण्डारी, प्रमुख प्रशासकिय अधिकृत हरि चन्द्र बुढा, नगर प्रबक्ता एबम् वडा नम्बर ११ का अध्यक्ष राजेश कुमार शर्मा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र बिषयगत शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।










