काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुराना नेता तथा पूर्वमन्त्री फत्तेह सिंह थारुको निधन भएको छ।
उपचारको क्रममा उनको निधन भएको हो ।
८८ बर्षिय थारु प्रतिष्ठित सामाजिक तथा राजनीतिक व्यक्तित्व थिए । उनी पञ्चायतकालमा र प्रजातन्त्र आएपश्चात पनि पटक पटक मन्त्री भएका थिए ।
थारुको निधनप्रति राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनी बाँके जिल्लाका प्रतिष्ठित सामाजिक तथा राजनीतिक व्यक्तित्वका रूपमा परिचित थिए।
थारुले छिमेकी देश भारत बाट DFA Domestic Politics & Foreign Affairs मा स्नातकोत्तर डिग्री हासिल गरे पश्चात् पन्चायततको राजनितिमा प्रबेश गरि सर्बप्रथम जिल्ला पन्चायत बाकेको सभापति भएका थिए । तत्पश्चात रास्ट्रीय पन्चायतको सदस्य भएर पन्चायति ब्यबस्थामा शिक्षा मन्त्री भएर बाँके जिल्लामा थुप्रै स्कुल, बिध्यालयको स्वीकृति दिएका थिए । २०५३ को मध्यावधी चुनावमा राप्रपाले बाकेको ३ वटै क्षेत्रको निर्वाचनमा बिजय भएको बेला फत्तेह सिंह थारु बाकेको ३ नम्बर क्षेत्र बाट बिजयी भएर बाणिज्य मन्त्री/ रक्षा मन्त्री भएका थिए ।
फत्तेह सिंह थारुले लामो समय नेपाली राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएका थिए।









