हिमाली गाउँपालिका–५ क्युडी–कोटिगाउँ सडकखण्डमा जीप दुर्घटना

९ जना घाइते

पवनराज उपाध्याय

बाजुरा / हिमाली गाउँपालिका वडा नं. ५ अन्तर्गत क्युडीदेखि कोटिगाउँतर्फ जाने सडकखण्डमा आज जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । स्थानीयका अनुसार गाडीधनी विष्ण सार्कीको जीप माथिल्लो घुम्तीबाट अनियन्त्रित भई तलको घुम्तीमा खस्दा दुर्घटना भएको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ क्युडी आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेर घाइतेहरूको प्राथमिक उपचार गरिरहेको छ। साथै, हिमाली गाउँपालिकाबाट एम्बुलेन्स समेत घटनास्थलतर्फ पठाइएको छ र थप उद्धार तथा उपचारको व्यवस्था गरिएको छ।

दुर्घटनामा घाइते हुनेहरू: जनवीर बुढा (अन्दाजी २५ वर्ष), हिमाली गाउँपालिका–२, नातीखोला – चालक, धर्मलाल बुढा (४० वर्ष), हिमाली–२, नातीखोला,  मिजरा बुढा (३१ वर्ष), हिमाली–२, नातीखोला, अम्मर सिंह बुढा (अन्दाजी ४० वर्ष), ताजाकोट गाउँपालिका–५, हुम्ला, अस्मिता थापा (२० वर्ष), ताजाकोट–५, हुम्ला, जंग सिंह बुढा (२८ वर्ष), ताजाकोट–५, हुम्ला, गोरख रोकाया (२० वर्ष), ताजाकोट–५, हुम्ला, लोकेन्द्र बुढा (२७ वर्ष), ताजाकोट–५, हुम्ला र सुस्मा बुढा (अन्दाजी ९ वर्ष), ताजाकोट–५, हुम्ला रहेका छन् भने प्राप्त विवरणअनुसार घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको छ भने ५ जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार, उपचार तथा घटनाको थप अनुसन्धान कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

  • ४ श्रावण २०८३, सोमबार प्रकाशित

  • Nabintech