नेपालगन्ज/अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “भिन्न परिवेश साझा आकांक्षा” भन्ने नाराका साथ आयोजित कार्यक्रम विपी चोकदेखि शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको कार्यालयसम्म प्रभातफेरी गरी सम्पन्न गरिएको हो।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, गैरसरकारी संस्था महासंघ नेपाल बास नेपाल, नेपाल परिवावार नियोजन संघ, सामाजिक विकास मञ्च, नेपालगन्ज उपमहानगरपालिका नगरस्तरिय युवा क्लब सञ्जाल, सम्भावना नेपाल लगायतको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रभातफेरीसंगै शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको कार्यालय परिसरमा बिभिन्न जातका बिरुवा वृक्षारोपण गरिएको छ ।प्रभातफेरीमा युवाको नेतृत्व विकास, वातावरण संरक्षण, सामाजिक सद्भाव, युवा सहभागिता तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने लगायतका सन्देशसहितका प्लेकार्ड र नाराहरू प्रस्तुत गरिएको थियो।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमले युवाको सामाजिक सहभागिता अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षण र दिगो विकासप्रति युवाहरूलाई जिम्मेवार बनाउन सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत वम, युवा, शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्र शाही, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका अध्यक्ष मन भण्डारी, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मा, युवा गैरसरकारी संस्था महासंघ बाँके शाखाका अध्यक्ष माधव कार्की, नेपाल परिवार नियोजन संघ बाँकेका प्रमुख रश्मि श्रेष्ठ, बास नेपाल वातावरण विभाग प्रमुख हेमन्त काफ्ले, सामाजिक विकास मञ्चका विर्जेस ठाकुरलगायतको सहभागिता रहेको थियो।
त्यस्तै, विभिन्न कलेजका विद्यार्थी तथा शिक्षकहरू, नेपालगञ्ज उपमहानगरपालिका नगरस्तरीय युवा क्लब सञ्जालका अध्यक्ष आनन्दकुमार वर्मालगायत युवा तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सम्भावना नेपालका अध्यक्ष साहिल अन्सारीले गरेका थिए।









