नेपालगञ्ज / अविरल वर्षापछि भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका विभिन्न स्थानमा पहिरो जाँदा ७ जना घाइते भएका छन् भने २ जना सम्पर्क विहीन भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको तथा केहीलाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
अबिरल बर्षात सँगै शनिवार साँझ ५ बजे तिर भेरी नगरपालिका २ फारुला बाट र स्थानिए बिभिन्न ठाउँमा रहेका ठारा खोलाहरु बाट आएको पहिरोले धेरैका घरहरु समेत पहिरोले पुरेको छ ।
पहिरोका कारण रिसाङका करिब ५४ वर्षीया उमासिंह खत्री र करिब ७० वर्षीय भीमबहादुर कार्की सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । अहिले सम्म पहिरोमा परि ७ जना घाईते भएको बुझिएको छ ।
घटना घटेको लामो समम बितिसक्दा पनि सदरमुकाम देखि नजिकै रहेको घटनास्थलमा अहिले सम्म कुनै पनि उद्धार टोली नपुग्दा पिडित परिवारका सदस्यहरु नेपाल सरकारलाई गुहार मागिरहेका छन् । लौन सरकार बेपत्ता आफन्तको खोजी गरिदिनु पर्यो ।
पहिरोमा परि बेपत्ता भएका भिम बहादुर कार्कीका जेठा छोरा महादेव कार्की पिडा सुनाउछन् बाढीपहिरोमा मेरो बुवा पुरिएको ५ घन्टा बितिसक्दा पनि उद्धारका लागि सुरक्षाकर्मी नपुग्दा निकै दुःख लागेको छ । नागरिक बिपत्तिमा पर्दा सरकार अभिभावक बन्नु पर्ने होइन र ? म आफै पनि पहिरोमा परि आधा पुरिएर हिलोबाट निस्कन सके । तर सङ्गै भएको बुवालाइ उद्धार गर्न सकिन ।









