बेपत्ता ३ जनाको लास भेटीयो, मृतकको संख्या ४ पुग्यो

असल शासन प्रतिनिधि

नेपालगञ्ज / शनिवार परेको अबिरल बर्षातका कारण जाजरकोटमा आएको बाढि पहिरोमा बेपत्ता भएका ३ जनाकै लास आईतवार अबेर गरी पत्ता लागेको छ । यसैगरी पहिरोमा परि मृत्यु हुने संख्या ४ पुगेको छ ।

मृत्यु हुनेमा केदार कार्की (५४ बर्ष) ,उमासिंह खत्री (५४ वर्ष), उहाँकी आमा रती खत्री (८७ वर्ष) र भीमबहादुर कार्की (७७वर्ष)। रहेका छन् ।

शनिवार दिउँसो ४ बजेतिर भेरी नगरपालिका वडा नम्बर २  गाउँ माथि फारुलाबाट आएको पहिरोले घरहरू पुरिँदा ६ जना घाइते भएका छन् । केही घाईतेहरुलाई जिल्ला अस्पतालमै उपचार भैरहेको छ भने घाईते भद्रकली कार्कीको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भैरहेको छ भने राम बहादुर शाहीको कोहलपुर मेडिकल कलेज दश बिगाहामा उपचार भैरहेको छ ।

जोखिममा रहेका ६० भन्दा बढी घरपरिवारका करिब २०० जना गाउँलेलाई गाउँकै त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा राखेको हो ।

 

  • ३१ श्रावण २०८३, आईतवार प्रकाशित

  • Nabintech