प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ

असल शासन प्रतिनिधि

नयाँ बानेश्वरमा डिउटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका(२ घर भई काठमाडौं महानगरपालिका(१० बानेश्वरमा बस्दै आएका २७वर्षीय राज कठायत छन् ।

आज बिहान बानेश्वर क्षेत्रमा डिउटीमा खटिएकी महिला प्रहरी जवानले कठायतलाई जथाभावी रूपमा सडक पार नगर्न आग्रह गरेकी थिइन् । त्यसपछि उनी प्रहरीमाथि नै जाइलागेका थिए । प्रहरीले उनलाई बानेश्वरबाट नै पक्राउ गरेको हो ।

  • ९ भाद्र २०८३, मंगलवार प्रकाशित

  • Nabintech