रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार

असल शासन प्रतिनिधि

काठमाडौं /रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार भएको छ ।

नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गर्न सफल भएको हो । उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेको जनाइएको छ ।

यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम वस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार गरिएको हो ।

  • ११ भाद्र २०८३, बिहीबार प्रकाशित

  • Nabintech