रसुवाको टिमुरेमा आएको बाढीपछि बाजुरा हिमाली गाउँपालिका–६ का तीन जना सम्पर्कविहीन भएका छन्। हाल नेपालगञ्ज, बाँकेमा बस्दै आएका उनीहरू कामको सिलसिलामा रसुवाको टिमुरेमा रहँदै गएका थिए।
बाढी आएपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि परिवारजन चिन्तित भएका छन्। सम्पर्कविहीन हुनेहरूमा करिब ५३ वर्षिय शेरसिङ रोकाया,१९ वर्षिय दीपक रोकाया र करिब ५० वर्षिय विष्णुमती रोकाया रहेका छन् ।
हालसम्म उहाँहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। उहाँहरूलाई कसैले देख्नुभएको, भेट्नुभएको वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको भए नजिकको प्रहरी कार्यालय वा ९७६१९५०१९६ मा तत्काल जानकारी गराइदिन परिवारजनले हार्दिक अनुरोध गरेका छन









