जेन जी सहिद दिवसको अवसरमा दिप प्रज्वलन

असल शासन प्रतिनिधि

नेपालगन्ज / जेन जी सहिद दिवसको अवसरमा नेपालगन्ज दिप प्रज्वलन गरएको छ । गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखा र बास नेपाल को सयुक्त आयोजनामा मंगलवार नेपलगन्जको त्रिभुवन चोकमा सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो ।

गत बर्ष भाद्र २३ गते जेन्जी आन्दोलनको क्रममा धैरै युवाहरुले ज्यान गुमाउनु परेको थियो । जसमा नेपालगन्जका २ युवाहरुले पनि ज्यान गुमाएका थिए । उक्त आन्दोलनको ठिक एक बर्ष पुगेको अवसरमा भाद्र २३ गते सार्बनिक बिदा दिई सहिद दिवस मनाउन अनुरोध गरे अनुसार नै नेपालगञ्जमा पनि दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष गोविन्द शाही, केन्द्रीय सचिव नमस्कार शाह, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्त कनौजिया, नागरिक समाजका अगुवा कृष्ण जंग शाह लगायतले सहिदहरुको सम्मानमा भनाई राखेका थिए ।

उपस्थित सहभागीहरुले सयुक्त रुपमा दिप प्रज्वलन गरिएको कार्यक्रममा सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो ।

गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले सन्चालन गरेका थिए ।

  • २४ भाद्र २०८३, बुधबार प्रकाशित

  • Nabintech