नेपालगञ्ज बास नेपालले ६२ औं राष्ट्रिय बाल दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।

बालापनको रक्षा, भबिश्यको सुरक्षा भन्ने नाराका साथ ६२ औं राष्ट्रिय बाल दिवसको अवसरमा बास नेपाल डोटी शाखाले बिभिन्न संघ सस्थाको समन्वयमा लागु औषध र बाल बिवाह र आत्मा हत्या सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रस्तुत प्रदर्शन सम्पन्न गरेको छ । शुक्रवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको सडक नाटक जिल्ला बाल क्लव सञ्जालको आयोजना र बास नेपाल डोटी शाखा लगायत बिभिन्न संस्थाहरुको सहकार्य र समन्वयमा सम्पन्न गरिएको बास नेपाल डोटी शाखा अध्यक्ष सरिता कठायतले बताईन् ।

त्यसैगरी बास नेपालभने दाङ शाखाले लुम्बिनी फुटवल ऐकेडेमीको खेलमैदानमा मेरो एक गोल बालअधिकारका लागि भन्ने नाराका साथ बालबालिकाहरु सँग मैत्रीपुर्ण फुटवल साथै अन्र्तिक्रिया कार्यक्रम आयोजना गरी बाल दिवसलाई भब्य रुपमा सम्पन्न गरेको छ ।
उक्त मैत्रीपुर्ण फुटवल बास नेपाल दाङ शाखाको आयोजना तथा लुम्बिनी फुटवल ऐकेडेमीको समन्वयमा सम्पन्न गरिएको दाङ शाखा अध्यक्ष समिर वलीले बताए ।









