हरित अभियन्ता काफ्ले मानार्थ सदस्यमा मनोतीत

असल शासन प्रतिनिधि

नेपालगञ्ज। वातावरण संरक्षण, वृक्षरोपण तथा हरित अभियन्ता हेमन्त राज काफ्ले रोटरी क्लब अफ सेन्ट्रल बाँकेको मानार्थ सदस्यमा मनोनीत भएका छन् ।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष ईश्वरी जंग मल्लले काफ्लेलाई वातावरण संरक्षण, सामाजिक सेवा तथा हरित अभियानमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै क्लबको मानार्थ सदस्यता प्रदान गरिएको जानकारी दिएका छन् ।


वातावरण संरक्षण र वृक्षरोपण अभियानलाई जीवनको अभिन्न अंग बनाउदै आएका काफ्लेले नेपालका विभिन्न स्थानमा वृक्षरोपण, बिरुवा वितरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, रासपाका सभापति रबि लामिछाने , पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेललगायत विभिन्न राष्ट्रिय व्यक्तित्वहरूलाई निम, जामुन, अमला तथा शीतलचिनीका बिरुवा उपहार प्रदान गरिसक्नुभएको छ।
त्यसैगरी पूर्वमन्त्री लालबाबु पण्डित, योगेश भट्टराई, महेश्वर गहतराज, मोहम्मद इस्तियाक राई, गायिका कोमल ओली, अभिनेता राजेश हमाल, डा. महावीर पुन, डाक्टर मदन राई विक्रम पाण्डे, कर्ण शाक्य तथा वरिष्ठ गीतकार राजेन्द्र थापालगायतलाई पनि उहाँले बिरुवा उपहार दिइसकेका छन् । रुखप्रति सबैको माया र अपनत्व बढाउने उद्देश्यले विशिष्ट व्यक्तित्वहरूलाई बिरुवा उपहार दिने अभियान सञ्चालन गर्दै आएको बताउदै आएका छन् ।


हरित अभियान तथा वातावरण संरक्षणमा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप उहाँले बासब्राइटल्यान्ड युवा अवार्ड, वन पैदावारसम्बन्धी राष्ट्रिय सम्मेलनमा हरित सम्मान, समरस्ता इन्टरनेसनल अवार्ड , डब्लूडब्लूएफ नेपालबाट अब्राहम संरक्षण अवार्ड, एभरेस्ट क्लाइमेट इन्टरनेसनल अवार्ड, भारतबाट ट्री म्यान अवार्ड तथा लुम्बिनी विश्व शान्ति मञ्चको शान्ति हरित सम्मान, नाइस अवार्ड , सगरमाथा हरित साहित्य सम्मान लगायत विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।

  • ११ आश्विन २०८३, आईतवार प्रकाशित

  • Nabintech