दिदि बहिनीको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः शाह

असल शासन प्रतिनिधि

बाँके/ महिलाहरुको हक, हितका लागि क्रियाशिल गैर सरकारी संस्था दिदि बहिनी समाज, बाँकेको पाँचौं बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन नेपालगञ्जमा सम्पन्न भएको छ ।

२०७८ फाल्गुण १२ गते स्थापना भएको उक्त संस्थाको पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले पुनः रमादेबि शाहलाई अध्यक्ष पदमा सर्बसम्मत चयन गरेको छ ।

अधिबेशनबाट उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः दिला शाह, लुना बुढाथोकी, शोभा थापा मगर र कमला ओली क्षेत्री सर्बसम्मत चयन भएका छन् भने सदस्यहरुमा क्रमशः शिबा शाह, जानकी केसी, पूर्णिमा हमाल, बसन्ती शर्मा रोकाय, पार्वति कडायत र मिना घर्ति मगर सर्बसम्मत चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले निर्बिरोध निर्वाचित पदाधिकारी, सदस्यहरुको नामावली घोषणा गरेका थिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, बाँके शाखा अध्यक्ष मन भण्डारीले अविर, खादा लगाएर बधाई ज्ञापन गरेका थिए ।

साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै लुम्विनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठले महिला हकहितका लागि सामाजिक संस्थाहरु एकजुट भएर क्रियाशिल हुनुपर्ने बताईन् । महिला हिंसा पीडित महिलाहरुको हक, हितका लागि दिदि बहिनी समाज बाँकेले उल्लेख्य कार्य गर्दै आएको भन्दै उनले संस्थाको प्रशंसा गरिन् ।
सामाजिक संघ, संस्थाहरुले सामाजिक बिकास र परिवर्तनका लागि खेलेको भुमिका महत्वपूर्ण रहेको उनले बताईन् ।

संस्थाकी अध्यक्ष रमादेवि शाहको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाकी उपाध्यक्ष दिला शाहले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् । संस्थाकी सहसचिव शोभा थापा मगरले प्रगति प्रतिबेदन प्रश्तुत गरेकि थिईन् ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, गैर सरकारी संस्था महासंघ बाँके शाखा अध्यक्ष मन भण्डारी, गैसस महासंघ नेपालका बाँकेका उपाध्यक्ष तारा खत्री रेग्मी, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, साहित्यकार निरञ्जना चन्द निरु, नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

६० जनाको सहभागितामा सम्पन्न साधारण सभा तथा अधिबेशनको सञ्चालन संस्थाकी सचिव लुना बुढाथोकीले सञ्चालन गरेकी थिईन् । बन्दशत्रबाट संस्थाको प्रगति, आर्थिक प्रतिबेदन अनुमोदन गरिएको थियो ।

  • १६ आश्विन २०८३, शुक्रबार प्रकाशित

  • Nabintech