नेपालगन्ज/ अम्बे स्टिल उद्योगमा आगलागी भएको छ ।
बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल) मा आगलागी भएको हो ।
ट्यांकीमा लाइन सर्ट सर्किट भई आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको बताईएको छ ।
प्रहरीका अनुसार, बिहीबार करिब १:३० बजे ट्यांकीमा सर्ट सर्किट भई एक्कासि आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको र आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा करिब ०२:३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









