सामाजिक विकास समिति सभापति पाठक मार्फत प्रदेश सभाको ध्यानाकर्षण

असल शासन प्रतिनिधि

धनगढी । नागरिक संलग्नता अभिबृद्धीका लागि सुदुरपश्चिमका सवालहरू सम्बोधन गर्न माग गर्दै सुदूरका आवाज (बहुसरोकारवाला नागरिक पैरवी मञ्च) ले सुदूरपश्चिम प्रदेश सभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकको ध्यानाकर्षण गराएका छन् ।
कार्तिक १० गते मञ्चको अगुवाइमा सभापति पाठकलाई नागरिकका विभिन्न सवालहरू समेटिएको ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो। नागरिकका सवाललाई प्रदेश सभामार्फत सम्बन्धित निकायसम्म पुर्‍याउने र ती सवालको सम्बोधनका लागि पहल गर्न ध्यानाकर्षण गराउने उद्देश्यले पत्र हस्तान्तरण गरिएको हो।
ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा मञ्चका सदस्यहरू पुष्पराज जोशी, निरङ्ग चौधरी, यमुना साउद, सुशीला धामी, बास नेपालका करुणा मल्ल र रचना चौधरी को सहभागिता रहेको थियो। सुदूरका आवाज नागरिक पैरवी मञ्चले नागरिकका सवाललाई संस्थागत रूपमा उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै आएको छ ।
मञ्चले युवा तथा लक्षितबर्गको सवाल तथा नागरिकहरुको संलग्नता अभिबृद्धीका लागि प्रदेश सरकार र स्थानीय तहहरुको ध्यानाकर्षण गराउदै आएको छ । यस अघि मञ्चको अगुवाईमा सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समितिमा ध्यानाकर्षण पत्र बुझाइसकिएको छ ।

  • ११ कार्तिक २०८३, मंगलवार प्रकाशित

  • Nabintech