धरानबाट २६ वर्षीया महिला सम्पर्क विहिन, खोजी कार्यमा सहयोग गर्न परिवारको अपिल

असल शासन प्रतिनिधि

धरान । सुनसरी जिल्लाकी २६ वर्षीया सबिना विश्वकर्मा कार्तिक ९ गतेदेखि सम्पर्कविहीन भएकी छन् ।

आफू अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको बैठकमा जाने भन्दै घरबाट बिहान ११ बजे निस्किएकी उनी हालसम्म घर फर्किएकी छैनन् ।

दुवै खुट्टामा अपाङ्गता भएकी सबिना सम्पर्क विहिन भएपनि उनको परिवारले खोजी गरिदिन सबैमा अपिल गरेको छ।

सविनालाई कहि कतै देख्नु भएमा परिवारको सम्पर्क नम्बर ९७०५१६००४६ मा जानकारी गराउन सबैमा अपिल गरिएको छ ।

 

  • १५ कार्तिक २०८३, शनिबार प्रकाशित

  • Nabintech