डोल्पा /डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएको प्रारम्भिक सूचना प्राप्त भएको छ। कारागारभित्र सुरुङ खनेर शुक्रबार राति उनीहरू फरार भएको स्रोतले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सहितको टोली कारागार पुगेको छ। प्रहरी टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै फरार कैदीको संख्या र पहिचानबारे अनुसन्धान गरिरहेको छ।
प्रहरी स्रोतका अनुसार हालसम्म ८ जना कैदी फरार भएको जानकारी आए पनि वास्तविक संख्या र उनीहरूको पहिचान खुल्न बाँकी छ। स्थलगत निरीक्षण तथा अनुसन्धानपछि मात्रै घटनाको यकिन विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
घटनाबारे जिल्ला कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालय डोल्पाले समाचार तयार पार्दासम्म औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।









