राजस्थानमा भेटिएका बालकको पहिचान खुलाउन सहयोगको अपिल

असल शासन प्रतिनिधि

नेपालगन्ज /भारतको राजस्थानमा फेला परेका एक बालकको परिवार तथा आफन्तको खोजीका लागि सहयोगको अपिल गरिएको छ।

प्राप्त जानकारीअनुसार बालकले आफ्नो नाम बताउन सकेका छैनन्। उनले आफ्नो बुबाको नाम राजु, आमाको नाम छुटकि र घरको ठेगाना नेपालगन्ज उपमहानगरपालिका–२० रहेको बताएका छन्।

बालक भारतको राजस्थानमा रहेको जानकारी प्राप्त भएपछि उनको वास्तविक पहिचान खुलाउन तथा परिवारका सदस्यसम्म पुग्न खोजी भइरहेको छ।

नेपालगन्ज उपमहानगरपालिका–२० तथा आसपासका क्षेत्रमा राजु र छुटकिका छोरा हराएको वा परिवारसँग सम्पर्कविहीन भएको जानकारी कसैसँग भए सहयोग गरिदिन आग्रह गरिएको छ।

बालकको परिवार पहिचान गरी सुरक्षित रूपमा पुनर्मिलन गराउन स्थानीयवासी, सामाजिक अभियन्ता तथा सम्बन्धित निकायलाई सहयोगका लागि अपिल गरिएको छ।

बालकलाई चिन्नुहुने वा उनका परिवार तथा आफन्तबारे कुनै जानकारी राख्नुहुने व्यक्तिले सम्बन्धित निकायलाई जानकारी गराई मानवीय सहयोग गरिदिन अनुरोध गरिएको छ।

  • १५ कार्तिक २०८३, शनिबार प्रकाशित

  • Nabintech