धनगढी । सुदुरपश्चिमका नागरिक सवालमा पूर्ण रुपमा सहयोग गर्ने सुदुरपश्चिम प्रदेश सभा सदस्य एबम् सामाजिक विकास समिति सभापति माननीय धर्मराज पाठकले प्रतिबद्धता गरेका छन् ।
सदुरका आवाज (बहु–सरोकारवाला नागरिक संलग्नता पैरवी मञ्च) का पदाधिकारीहरुको सहभागितामा आज प्रदेश राजधानी धनगढीमा आयोजित सह–सिर्जना कार्यशालामा माननीय पाठकले यस्तो प्रतिबद्धता गरेका हन् । सरकार र नागरिक बिचको सम्बन्धलाई बलियो र बिश्वाशिलो बनाउन अत्यावस्यक रहेको भन्दै प्लेटफर्म महत्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाई थियो । नागरिक सम्बेदनशिलता र सरोकारवालाको जवाफदेहितालाई सँगसँगै अगाडी बढाउनु पर्नेमा उनको जोड थियो । बहुसरोकारवालाहरु एउटै मन्चमा काम गरेको प्रति खुसी ब्यक्त गर्दै माननीय पाठकले प्रदेश सभा मार्फत प्लेटफर्मले प्राथमिकिकरण गरेका मुद्धाहरुलाई उठाउने र कार्यान्वयनका लागि नीति तथा कार्यक्रममा ल्याउन भूमिका निर्वाह गर्ने बताए ।

कार्यशालामा उपस्थित लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समाबेशिकरण बिज्ञ संगिता अधिकारीले लैंगिक समानता, अपाङ्गता तथा पछाडी पारिएको समुदायको पहुँच र अर्थपूर्ण सहभागितामा प्लेटफर्मले भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरिन् । प्लेटफर्मलाई आवश्यक परेको समयमा पूर्ण सहयोग गर्ने र प्लेट फर्मसँगै रहेने उनको प्रतिबद्धता थियो ।

कार्यशालामा बास नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले प्लेटफर्मको पैरबी रणनीति, आचार संहिता, कार्ययोजना लगायतका बिषयमा सहजिकरण गरेका थिए । यसैगरी कार्यशालामा युएनडिपीका युवा विकास संयोजक पुजा चौधरीले सुदुरपश्चिम प्रदेशमा युएनडिपीले गरिरहेको कार्यक्रम, साझेदार संस्थाहरु, सिभिक साथि च्याट बोर्ड लगायतका बिषयमा जानकारी गराएकी थिइन् ।
कार्यशालामा बहु–सरोकारवाला नागरिक संलग्नता पैरवी मञ्चका सदस्यहरुले मन्चको आचार संहिता तयार गरी पास गरेका छन् भने प्राथमिकिकरणमा राखिएका मुद्धाहरुको कार्यान्वयन रणनीति तयार, मन्चको कार्ययोजना तयार गरेको छ । यसैगरी मन्चले प्रभावकारी पैरबीका लागि विभिन्न बिषयगत समुहरु तयार गरेको छ ।

स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोग तथा युएनडिपी नेपालको साझेदारीमा बास नेपालद्धारा सञ्चालीत लोकतान्त्रीक सहभागिता प्रबद्र्धनकालागि नागरिक संलग्नता अभिबृद्धी परियोजना अन्तरगत कार्यशाला सम्पन्न भएको हो ।









