खजुराद्धारा पढ्दै कमाउदै कार्यक्रमको अनुगमन

असल शासन प्रतिनिधि

नेपालगन्ज । खजुरा गाउँपालिका बाँकेले श्री आदर्श मावि डिगाउँमा सञ्चालीत पढ्दै कमाउदै कार्यक्रमको अनुगमन गरेको छ ।
खजुरा गाउँपालिका शिक्षा शाखाको अगुवाईमा भएको अनुगमनमा बिद्यालयमा पढ्दै कमाउदै कार्यक्रम अन्तरगत भईरहेको कार्यको स्थलगत अनुगमन गरिएको हो ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ऋषिराज शर्मा, बिद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापकले उक्त कार्यक्रमको अनुगमन गरेको हो । अनुगमनको क्रममा बिद्यालयले झण्डै ६ विगाह क्षेत्रफलमा गरेको आलु खेती, तोरी खेती, आप खेतीलगायतको अवलोकन गरेको थियो ।
विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप, उद्यमशीलता र आयआर्जनका अवसर प्रदान गर्ने उद्धेश्यले श्री आदर्श माबि खजुरामा विगत ३ बर्ष देखि पढ्दै कमाउदै कार्यक्रम सञ्चालन हुदै आएको छ ।


खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले दिएको जानकारी अनुसार बिद्यालयको उत्पादन दिवा खाजाका लागि प्रयोग भइरहेको र आगामी दिनमा उत्पादीत सामाग्रीको बजारीकरण गर्ने तयारी भइरहेको छ । उक्त पढ्दै कमाउदै कार्यक्रमको खजुरा गाउँपालिका कृषि शाखाले विउविजन र प्राविधिक सहयोग प्रदान गरेको बताइएको छ ।
खजुरा गाउँपालिकाका श्री आदर्श माबिसँग श्री ज्ञानोद्धय नमुना माबि लगायत बिद्यालयहरुमा पढ्दै कमाउदै कार्यक्रम सञ्चालन हुदै आएको छ ।

  • २० कार्तिक २०८३, बिहीबार प्रकाशित

  • Nabintech