बाँके/ बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ ।
अस्पतालमा रहेको सिटि स्क्यान रुममा आईतवार दिउँसो आगो लागेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अस्पतालको सिटि स्क्यान रुमबाट धुँवा निस्किएपछि नियन्त्रणका लागि प्रयास भईरहेको छ ।