काेहलपुर, १३ कार्त्तिक/ मेची-महाकाली राष्ट्रिय उद्धार यात्राकाे १६ औं दिन मंगलबार बाँके जिल्लामा ५ जनाकाे उद्धार भएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा राष्ट्रिय उद्धार यात्रा सुरुकाे भएकाे हाे ।
राष्ट्रिय उद्धार यात्राका क्रममा मंगलबार बाँके जिल्लाका विभिन्न स्थानीय पालिकाहरुबाट ५ जनाकाे उद्धार भएकाे छ ।
जसमध्ये नेपालगञ्ज उपमहानगरपालिका- १८ बाट २ जना, काेहलपुर नगरपालिका-११ बाट १ जना, जानकी गाउँपालिका-६ बाट १ जना र बैजनाथ गाउँपालिका-१ बाट १ जना सडकमानवहरुकाे उद्धार गरिएकाे हाे ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा मंगलबार बाँके आईपुग्दासम्म १३९ जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभएकाे छ ।
मेची- महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत उद्धार गरिएका १०६ जना पुरुष र ३३ जना महिलाकाे सङ्ख्या रहेकाे छ ।
मंगलबारबार विभिन्न स्थानबाट उद्धार हुनुभएका ५ जनालाई मानवसेवा आश्रम सुर्खेतकाे वीरेन्द्रनगर सेवाकेन्द्रमा गृहप्रवेश गराइएकाे छ । उद्धार टाेलीले मंगलबार नेपालगञ्ज र काेहलपुर क्षेत्र वरपरका सडकसेवा सम्पन्न गरि यात्रीहरु मंगलबार बेलुका नै सुर्खेत आइपुगेका छन् ।
साथै बुधबार उद्धार टाेली सुर्खेत बजार क्षेत्रका सार्वजनिक तथा सडकपेटीमा बेवारिसे अवस्थामा रहनुभएका सडक आश्रित मानवहरुकाे उद्धार सेवा खटिने कार्यक्रम रहेकाे छ ।