नेपालगन्ज– जयकिसान स्पोर्टस क्लबको आयोजना बाँकेको सैनिकमा संचालन भएको प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा जयकिसान स्पोर्ट्स क्लब ‘ए’ ले गुर्भाकोट क्लब सुर्खेतमाथि विजयी प्राप्त गरेको छ । जयकिसानका लागि विक्रमसिंह ठकुरीको एकलौटी दुई गोलले आयोजकलाई सेमिफाइनलको यात्रा तय गराएको छ ।
सोमबार सञ्चालन भएको अन्तिम क्वाटरफाइनलमा ठकुरीले ३० मिनेट र ७४ मिनेटमा गोल गरेका हुन् । मंगलबारदेखि संचालन हुने सेमिफाइन खेलको अन्तिम चारमा जयकिसानसँगै, साहरा एफसि लखनउ, मसुरी एकेडेमी कैलाली र एफएफएसए दाङ पुगेका छन् । मंगलबार हुने पहिलो सेमिफाइनमा सहारा र मसुरी प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अन्तिम फाइनल खेल माघ ९ हुनेछ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले सहभागिता जनाएका थिए । नकआउटको आधारमा खेलाइएको खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ । क्याप्सन ः खेलमा प्रतिस्पर्धा गर्दै जयकिसान (निलो) र गुर्भाकोट (पहेँलो) का खेलाडी ।