१७ वर्षीया किशोरी हत्या प्रकरणः शंकास्पद ६ जना नियन्त्रणमा

असल शासन प्रतिनिधि

बैतडी– जिल्लास्थित दोगडाकेदार गाउँपालिकास्थित जंगलमा हत्या गरिएको अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको घटनामा संलग्नता भएको भन्दै ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भट्टको बलात्कारपछि हत्या गरिएको आशंकामा शंकास्पद व्यक्तमाथि निगरानी बढाउँदै अनुसन्धान अघि बढाएको छ ।

एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीका अधिकारीसमेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तीव्र बनाएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।  प्रहरी वरिष्ठ उपरीक्षक सिंहका अनुसार शंकास्पद ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

 

यो पनि पढ्नुहोस् 

१७ वर्षीया किशोरीको शव फेला, एसएसपीको नेतृत्वमा टोली परिचालन

 

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech