विद्यालय व्यवस्थापन समितिको माग गर्दै अभिभावक आन्दोलित

अभिभावकहरूले सिस्ने गाउँपालिकामा तत्काल व्यवस्थापन समिति गठनका लागि ज्ञापनपत्र समेत बुझाएका छन् । गाउँपालिका नेतृत्वले विद्यालय जस्तो पवित्र स्थानमा राजनीति गर्न खोजेको उनीहरूले आरोप लगाएका छन् ।

असल शासन प्रतिनिधि

रूकुम पूर्व/ लामो समयसम्म विद्यालय व्यवस्थापन समितिविहीन भएको रूकुम पूर्वको रुक्मिणी माध्यामिक विद्यालका अभिभावकहरू आन्दोलित भएका छन् । पुरानो विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएको डेढ वर्ष बिते पनि नयाँ व्यवस्थापन समिति गठन नभएपछि अभिभावकहरू आन्दोलित भएका हुन् ।
अभिभावकहरूले तत्काल व्यवस्थापन समिति गठन गर्नु पर्ने बताएका छन् । निवर्तमान अध्यक्ष मदन शाहको कार्यकाल सकिएको डेढ वर्ष पूरा भएको छ । आफ्नो कार्यकाल सकिएको डेढ वर्षसम्म पनि नयाँ व्यवस्थापन समिति गठन नभए पछि शाहले गत माघ १५ गते आफूले अब कामचलाउ हैसियतमा पनि काम नगर्ने घोषणा गरेका छन् ।
अभिभावकहरूले सिस्ने गाउँपालिकामा तत्काल व्यवस्थापन समिति गठनका लागि ज्ञापनपत्र समेत बुझाएका छन् । गाउँपालिका नेतृत्वले विद्यालय जस्तो पवित्र स्थानमा राजनीति गर्न खोजेको उनीहरूले आरोप लगाएका छन् । अभिभावकहरुले विद्यालयमा राजनीति गरेर अनिर्णयको बन्दी बनाइएको आरोप समेत लगाएका छन् । समयमै विद्यालय व्यवस्थापन समिति नबन्दा विद्यालयको विकासमा अवरोध आएको अभिभावकहरुको निश्कर्ष रहेको छ ।

सम्बन्धित समाचार

समाललाई पुनः अध्यक्ष बनाउन माग गर्दै नाराबाजी

  • १२ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech