भेरीका स्वास्थ्यकर्मी कुटपिट गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्नेहरूविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिए।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए। अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो भने मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेका थिए।

उनीहरूविरूद्ध भेरी अस्पताल तथा पीडित डाक्टर, नर्सलगायतले जाहेरी दिएका थिए।

 

स्वास्थ्यकर्मी माथि आक्रमण

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech