सहमतिपछि स्थानीयद्वारा चक्काजाम फिर्ता, के सहमति भयो ?

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सोमबार ढकेरीमा टिप्परको ठक्करबाट मृत्यु भएका परिवार र आफन्तले चक्काजाम फिर्ता लिएका छन् । पीडित पक्षले उठाउँदै आएको माग पूरा भएपछि उनीहरुले अब सडक अवरुद्ध नगर्ने भएका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी, बाँकेका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र अनुसन्धान प्रमुखको रोहवरमा पीडित पक्षले उठाएको माग पूरा गर्ने सहमति भएको पीडितका आफन्त भूपेन्द्रबहादुर खड्काले बताए ।

पीडित पक्षलाई जिल्ला प्रशासन कार्यालयबाट सहयोगबापत २ लाख रुपैयाँ दिने, सवारी दुर्घटना बिमामार्फत टिप्पर साहुले ५ लाख रुपैयाँ दिने, मृतकको एउटा छोरालाई शिक्षाको ग्यारेन्टी गरिने,  मृतकको श्रीमतीलाई रोजगारको दिने र घाइतेको पूर्ण उपचार गर्ने सहमति भएको छ । सहमति अनुरुप मृतकका दाइ ३५ वर्षीय मानबहादुर खड्कालाई थप उपचारको लागि काठमाडौंस्थित बिएण्डबी अस्पतालमा लगिएको छ ।

दोषीलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने, पीडितलाई क्षतिपूर्तिका लागि पहल गरिने भने पनि टिप्पर मालिक सम्पर्कमा नआएपछि उनीहरुले मंगलबार पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। मंगलबार दिउँसो केहीबेर सहमतिका लागि स्थानीयले बन्द फिर्ता लिए पनि माग पूरा नभएसम्म मृतकको शव नबुझ्ने अडान लिँदै पुनः साँझ साढे ५ बजेबाट सडक अवरुद्ध पारेका थिए ।

 

सम्बन्धित समाचार

अपडेटः सहमति हुन नसकेपछि पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अपडेटःसडक दुर्घटनामा २ को मृत्यु, चक्काजाम खुल्यो

बाँकेको ढकेरीमा भएको दुर्घटनामा एकको मृत्यु ,एक गम्भीर घाइते

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech